
काठमाडौं, जेठ ४ :
काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
अदालतले राज्यविरुद्धको कसुरमा आइतबार थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गत चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।