
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नरमा नियुक्त भएकामा प्रा. डा. विश्वनाथ पौडेललाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएका छन्।
नवनियुक्त गभर्नर पौडेलले बुधबार गरेको भेटका क्रममा अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गरे ।
साथै अर्थमन्त्रीले नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए।
राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती देखिएको छ ।
यसैबीच,नवनियुक्त गभर्नर पौडेलले कार्यभार सम्हालेका छन् ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।