काठमाडौँ, भदौ १९ :

तारा एयरले आजदेखि पोखरा- जोमसोममा पुनः उडान शुरु गर्ने भएको छ ।

तारा एयरले एक सूचना जारी गर्दै मौसम प्रतिकूलका कारण उडान बन्द भएको पोखरा- जोमसोममा आजदेखि नियमित उडान गर्न लागेको जनाएको हो ।

पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि हवाई सेवा स्थगित भएको थियो ।

यसैबीच तारा एयरले रामेछाप- लुक्लाका लागि सेप्टेम्बर २० तारिख अर्थात असोज ४ गतेदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । 

हिउँद लाग्ने बित्तिकै विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला सम्म पर्यटकीय सिजनमा उडान भर्दै आउने गरेका छन् ।