काठमाडौँ, भदौ १९ :

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन्।

सोमबार सुरु भएको टानको ४६ औं साधारण सभाले अध्यक्ष सहितका पदाधिकारी चयन गरेको हो ।

पाण्डे नेकपा माओवादी निकट हुन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट पक्षले पाण्डेलाई सघाएको बुझिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।

पाण्डे समूहबाटै महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन्। सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले निर्वाचित भएका छन्।

त्यसैगरी सह- कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यहरूमा छाप्ते लामा शेर्पा, राजु गुरुङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा, विनोदकुमार तामाङ निर्वाचित भएका छन्।