
काठमाडौँ, भदौ १९ :
आज सुन- चाँदीको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन हिजोकै मूल्यमा प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रतितोला १७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।