शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति प्रदेश मधेस प्रदेश

भिजिट भिसा प्रकरणमा आजै विज्ञप्ति आउँछ, केही दिनमा म पनि बोल्छु : गृहमन्त्री लेखक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
भिजिट भिसा प्रकरणमा आजै विज्ञप्ति आउँछ, केही दिनमा म पनि बोल्छु : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक। फाइल फोटो ।
धनुषा, जेठ १० :

 गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मन्त्रालयले आजै विज्ञप्ति निकाल्ने र केही दिनमै आफू पनि बोल्ने बताएका छन्।

शनिबार कांग्रेस धनुषा कार्यालयमा कार्यकर्तासँगको छलफलमा उनले सामाजिक सञ्जालमा आफूलाई जोडेर आएका विषयबारे अध्ययन गरिरहेको र धेरै कुरा थाहा भइसकेको बताए। ‘आजै काठमाडौँ फर्किएपछि मन्त्रालयले विज्ञप्ति निकाल्छ, दुई-चार दिनमा म पनि बोल्छु,’ उनले भने।

गृहमन्त्री लेखकले आफूले पार्टीको टाउको निहुरिने काम कहिल्यै नगरेको भन्दै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीको प्रतिष्ठा क्षति पुग्ने कुनै काम नगरेको दाबी गर्दै गलत काम गरेको ठहरिएको दिनदेखि राजनीतिमा नरहने बताए।

भिजिट भिसा मार्फत विदेश जान खोज्ने युवासँग रकम असुली भएको प्रकरणमा अख्तियारले अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित १४ कर्मचारीलाई अनुसन्धानमा राखेको छ। मन्त्रालयले ती कर्मचारीलाई शुक्रबार जिम्मेवारीबाट हटाएको छ।

र यो पनि…

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार