
काठमाडौँ, भदौ १९ :
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थपिएको छ ।
प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै समितिले थप १५ दिन काम गर्ने समय पाएको हो ।
यसअघि समितिले सहकारी पीडित र सहकारी ठगी सम्बन्धमा आरोप लागेकाहरुसँग समितिमा बोलाएर बयान लिएको थियो ।
यसक्रममा समितिले पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि वयान लिएको थियो ।
अहिले समितिले प्रतिवेदन लेख्ने काम भइरहेको जनाएको छ ।