सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार राजनीति अर्थतन्त्र

महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गरी कारबाही गर्न सरकारलाई लेखा समितिको पत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गरी कारबाही गर्न सरकारलाई लेखा समितिको पत्र
काठमाडौं, जेठ १२ :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संसद्‌को सार्वजनिक लेखा समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गर्न सरकारलाई पत्रमार्फत सिफारिस गरेको छ ।

बहालवाला कर्मचारीहरूलाई सिधै सम्पत्ति शुद्धीकरण विभागबाट निलम्बन गर्ने प्रचलन नभएकाले समितिले सरकारलाई पत्राचार गरेको हो ।

सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले पोखरा विमानस्थलको निर्माणमा ठूला अनियमितता भएको भन्दै त्यसमा संलग्न देखिएका पदाधिकारीहरूको नामसहितको प्रतिवेदन लेखा समितिमा पेस गरेको थियो ।

समितिले सो प्रतिवेदन अनुमोदन गर्दै पदमा बसेका दोषी देखिएका अधिकारीहरूलाई निलम्बन गरी छानबिन गर्न सरकारलाई पत्र पठाएको हो ।

प्रदीप अधिकारी २०७१ देखि २०७४ सम्म विमानस्थल आयोजनाका प्रमुख थिए भने हाल प्राधिकरणको महानिर्देशकको रूपमा कार्यरत छन् ।

उनसँगै आयोजना प्रमुख विनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, प्रविन न्यौपाने, राजेन्द्रप्रसाद पौडेल र बाबुराम पौडेलको नामसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले उनीहरूलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार