ताप्लेजुङ, भदौ २० :

प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ ।

नेपाल वायु सेवा निगमले आज उडान सुरु गरेको जनाएको हो ।

निगमले हाललाई भदौ ३० गतेसम्म हप्तामा एक दिन बुधबार मात्रै उडान तालिका राखेको छ ।

मौसम खुला भएमा उडान तालिका थप्ने तयारी पनि गरिरहेको निगमको स्टेसन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिनुभयो । 

बर्खायाम सुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो ।

उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने भएको छ ।