आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व #कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व
राजनीति सुदूरपश्चिम प्रदेश

बाजुराको आगलागीपछि मन्त्री पाण्डे घटनास्थलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ जेठ, २०८२ मा प्रकाशित
बाजुराको आगलागीपछि मन्त्री पाण्डे घटनास्थलमा
धनगढी, जेठ २४ :

 बाजुराको बाम्का बजारमा आगलागी भएको भोलिपल्टै पर्यटनमन्त्री बद्री पाण्डे शनिबार घटनास्थल पुगेका छन्। शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर आगो लागेको थाहा पाएपछि उनी बेलुकै काठमाडौँबाट बाजुरा गएका थिए।

घटनास्थलको अवलोकन गर्दै मन्त्री पाण्डेले आगलागीबाट क्षति भएका व्यापारीहरूलाई तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गर्ने बताएका छन्। उनले तीनै तहका सरकार मिलेर पीडितको सहयोग गर्ने पनि प्रतिवद्धता जनाए।

अनुगमनपछि सदरमुकाम मार्तडीमा सरकारी अधिकारीहरूसँग बैठक गरी राहत कार्य छिटो सुरु गर्न निर्देशन दिएका छन्। शुक्रबारको आगलागीमा बाम्का बजारका ३५ वटा पसल जलेर नष्ट भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार