काठमाण्डौँ , भदौ २२ :

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

तीज हिन्दु नारीले मनाउने एउटा महत्वपूर्ण चाड हो । नेपाली हिन्दु महिलाद्वारा हर्षोल्लासका साथ मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न भक्तजनको घुइँचो लागेको छ ।

तीजका अवसरमा आज भक्तजनलाई दर्शनका लागि व्यवस्थापन गर्न लाइन छुट्याइएको छ । पानीका बाबजुद छाता ओडेर व्रतालुहरू बिहानैदेखि लाइनमा बसेका छन् ।