चितवन, भदौ २३ :

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सडक विभागको समन्वयमा हटाएपछि यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो ।

अवरुद्ध दुईतर्फी सडक नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।