काठमाडौं, असार १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच प्रतिनिधिसभाको बैठक जारी रहेको छ ।  बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका छन्। सभामुख देवराज घिमिरेले नियमित कार्यसूची अनुसार बैठक अगाडि बढाइरहेका छन् ।

बैठकमा अहिले बजेटमाथिको छलफल जारी रहेको छ । सांसदहरुले आ-आफ्नो भनाइ राखिरहेका छन् ।

 ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपा र राप्रपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन् ।

रास्वपासँगै आन्दोलनमा सहभागि हुँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी भने दुई बुँदे सहमतिपछि चुपचाप बैठकमा सहभागि भएको छ ।