काठमाडौं, असार ५ :

 भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेकमाथि छानबिन समिति गठनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध जारी राखेका छन्।

बैठक सुरु हुनासाथ रास्वपाका सांसद हरि ढकाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले धारणा राख्दै अवरोध कायमै रहेको स्पष्ट पारेका थिए। त्यसलगत्तै रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए।

यसअघि जेठ १३ गतेदेखि दुवै दलले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। राप्रपाले त संसद् बैठक बहिस्कारसमेत गरेको छ। पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राप्रपाले आफ्नो बहिस्कार जारी राख्ने जनाएका छन्। राप्रपाले बैठक बहिस्कार गरेको अवधिको भत्ता समेत नलिने घोषणा गरिसकेको छ ।

हेर्नुहोस् लाइभ :