
दाङ, भदौ २५ :
नेपाल वायुसेवा निगमले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ ।
गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान भर्ने निर्णय गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताउनुभयो ।
निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।
हप्तामा सातै दिन उडान भर्ने कुरा भएपनि निगमसँग एउटा मात्रै जहाज भएकाले अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा भएको उहाँले बताउनुभयो ।
अहिले निगमको जहाज प्रत्येक शुक्रबार दिउँसो १२ः ०० बजे टरिगाउँ जाने र १२ः २० मा फर्किने गरेको छ ।