
काठमाडौं, असार १३ :
नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ ।
पार्टी मुख्यालय आलोकनगरमा शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरु भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले जनाए ।
‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को शृंखलाका रूपमा अध्यक्षमाथि झुटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो,’ उनले भने, ‘षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउन मुद्दा लगाइएको हो ।’