
काठमाडौँ- सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले सरकारको समग्र कामको समीक्षा गर्दै सरकार र संसदका कामलाई सन्तुलित प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले कांग्रेस र एमाले दुई दलबीच भएको ७ बुँदे समहतिको आधारमा सरकारको न्यूनतम कार्यक्रम तय गर्ने निर्णय पनि गरेको छ ।
सरकारको कामलाई अझ प्रभावकारी बनाउने र संसदलाई नियमित कार्यक्रम दिन सरकार सक्रिय हुने निर्णय भएको काँग्रेसका मुख्य सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।।