शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
मनाेरञ्जन

‘पारी बुटोल’का लागि कलाकार छनोट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
‘पारी बुटोल’का लागि कलाकार छनोट
काठमाडौं, असार १६ :

गणेशदेव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’ का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ ।

चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए । यसको लागि विस्तृत जानकारीसहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको उल्लेख गरिएको छ ।

चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवक आवश्यक छन् । यस्तै ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ ।

महिला कलाकारतर्फ १७ वर्षकी मंगोलियन युवती, १९ वर्षकी सेमी मंगोलियन युवती, १८/१९ वर्षकी मंगोलियन र आर्यन युवती, ३५-४० वर्षकी आर्यन, सेमी मंगोलियन वा मंगोलियन महिला र ६० वर्षकी आर्यन महिलाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।

कलाकार छनोटका लागि अडिसन कार्यक्रम असार १६ गतेदेखि १८ गतेसम्म (सोमबारदेखि बुधबार) सञ्चालन हुनेछ । अडिसन प्रत्येक दिन दिउँसो १ बजेबाट ६ बजेसम्म नेपाल फिल्म कलेज पिंगलास्थान, सिनामंगलमा सञ्चालन हुने बताइएको छ ।

इच्छुक कलाकारहरूले पोस्टरमा उल्लेख गरिएको QR कोड स्क्यान गरेर फारम भर्न सक्नेछन् । थप जानकारीका लागि इमेल ([email protected]) वा फोन (+९७७९७०८०२२२०९) मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ । निर्देशक पाण्डेले आफ्नो चलचित्रका लागि यथार्थपरक अनुहार र अभिनय क्षमता भएको नयाँ पुस्ताका कलाकारहरूलाई प्राथमिकतामा राखेका छन् ।

पाथीभरा इन्टरटेनमेन्ट र अक्टोबर स्टुडियोजको प्रस्तुति तथा ल्याक्सी श्रेष्ठ र शुभम भट्ट निर्माता रहेको चलचित्र ‘पारी बुटोल’ले नेपाली समाजका विविध पात्र र परिवेशलाई समेट्ने लक्ष्य लिएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार