संस्थापनइतर समूहले शनिबार अलगै भेला गरी लिङ्देनको निर्णयहरूलाई मनोमानी भन्दै विरोध जनाएको थियो । सोही भेलाको निर्णयअनुसार असन्तुष्ट पक्ष आइतबार निर्वाचन आयोग पुगेको हो ।
पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा र अनुशासन समितिबाट हटाइएका नवराज सुवेदीलगायत नेताहरू आयोग पुगेका हुन् ।
ढाका टोपी, आस्कोट र कुर्थामा सजिएका सुवेदी निर्वाचन आयोगमा लौरो टेक्दै ठमठम गर्दै पुगेका छन् । हेरौं निर्वाचन आयोग पुगेका सुवेदीका थप तस्बिर :