
काठमाडौँ, भदौ २७ :
नेपाली काँग्रेसले राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्न उपसभामुखलाई आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले बिभिन्न व्यक्तिको नाम उल्लेख गरेर अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मितिका लागि पत्र लेख्ने कामले संसदको मर्यादामा आँच आएको भन्दै राजीनामा दिन आग्रह गरेको हो ।
बैठकपछि काँग्रेस मुख्य सचेतक श्याम घिमिरेले उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष बैठकले गरेको जानकारी दिनुभयो ।