सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

गोकुल बास्कोटाको सुझाव- अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको सम्बन्ध दुनियाँलाई थाहा छ,राजनीतिक ढंगले विवाद सुल्झाउनुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३ साउन, २०८२ मा प्रकाशित
गोकुल बास्कोटाको सुझाव- अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको सम्बन्ध दुनियाँलाई थाहा छ,राजनीतिक ढंगले विवाद सुल्झाउनुस्
काठमाडाैं, साउन ३ :

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि पार्टीभित्र उत्पन्न विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच विश्वासका आधारमा छलफल गर्न सुझाव दिएका छन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पोलिटब्युरो बैठकमा शनिबार धारणा राख्दै बास्कोटाले पार्टीको वर्तमान बहसलाई ‘प्राविधिक हैन, राजनीतिक रूपमा’ सुल्झाउनुपर्नेमा जोड दिए।

‘अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको सम्बन्ध दुनियाँलाई थाहा छ,’ उनले भने, “छलफल गरेर राजनीतिक ढंगले समाधान निकाल्नुस्।’

बास्कोटाले पार्टीमा देखिएको असमझदारी समाधानका लागि दोस्रो पुस्ताका नेताहरूलाई पनि अगाडि आउन आह्वान गरे।पार्टीमा हाल उत्पन्न बहसको बेलामा कसैले ‘झटारो हान्ने’ शैलीमा प्रस्तुत नहुन आग्रह गर्दै बास्कोटाले संयमता अपनाउन नेताहरूलाई सुझाव दिए।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार