काठमाडाैं, साउन ३ :

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि पार्टीभित्र उत्पन्न विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच विश्वासका आधारमा छलफल गर्न सुझाव दिएका छन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पोलिटब्युरो बैठकमा शनिबार धारणा राख्दै बास्कोटाले पार्टीको वर्तमान बहसलाई ‘प्राविधिक हैन, राजनीतिक रूपमा’ सुल्झाउनुपर्नेमा जोड दिए।

‘अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको सम्बन्ध दुनियाँलाई थाहा छ,’ उनले भने, “छलफल गरेर राजनीतिक ढंगले समाधान निकाल्नुस्।’

बास्कोटाले पार्टीमा देखिएको असमझदारी समाधानका लागि दोस्रो पुस्ताका नेताहरूलाई पनि अगाडि आउन आह्वान गरे।पार्टीमा हाल उत्पन्न बहसको बेलामा कसैले ‘झटारो हान्ने’ शैलीमा प्रस्तुत नहुन आग्रह गर्दै बास्कोटाले संयमता अपनाउन नेताहरूलाई सुझाव दिए।