काठमाडौं, साउन १३ :

चलचित्र ‘शिवांश : च्याप्टर-१’ को छायांकन सकिएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा जेठको पहिलो साता पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६औं दिन खिचिएपछि इन्डक्ल्याप गरिएको हो ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश : च्याप्टर-१’ को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए ।

‘हामीले पोखराको पामेमा सिनेमाकै एउटा उकुस मुकुस... बोलको गीतको छायांकनसँगै कुनै बाधा-अड्चनविना दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौं,’ उनले भने, ‘अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।’

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोषकुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । ‘शिवांश : च्याप्टर-१’ मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय छ ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिन प्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।

चलचित्रको सह-निर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी छन् । सिनेमाका कार्यकारी निर्माता शम्भु थापा हुन् । शरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोड्युसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको  चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् । चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ ।