काठमाडौं, साउन १७ :

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।

लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् ।

भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन् कि ! तर निर्माण पक्षले भने प्रस्ट पारेको छैन ।

बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ ।

चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापालगायत छन् ।

क्रिएटिभ प्रोड्युसरमा राजेश थापा र बसुन्धरा खरेल छन् । को-प्रोड्युसरमा जितु थापा, सुनील बुढाथोकी छन् ।

कलाकारमा सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, गानु जोशी, अनु दाहाल, सन्दीपबाबु लोहनी, निशा बजगाईंलगायत छन् ।

चलचित्रको एसोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्दर्भको डीओपी रहेको चलचित्रमा भुपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रको असिस्टेन्ट डिरेक्टरमा टाइग्रिस, निशा दाहाल, उज्ज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ रहेका छन् ।

लोकेसन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् । ड्रोनमा टार्जन लिम्बू छन् । सिनेमामा संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको छ । राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ । एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन् ।

चलचित्र ‘बुकी’को छायाकंन काठमाडौं, पोखरा, बागलुङको ढोरपाटनलगायत क्षेत्रमा गरिएको हो । प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षले लिएको छ ।