काठमाण्डौँ , भदौ ३१ :

आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

अर्को सूचना नआएसम्म बैठक स्थगित भएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

आजको बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो ।