चितवन, भदौ ३१ :

नारायणगढ- मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् ।

ट्रक पानी बाहिर किनारमा रहेको जनाइएको छ ।

ट्रक चालक यमबहादुर घलेको मोबाइल स्विच अफ रहेको र घटना शङ्कास्पद देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो। 

दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उहाँको भनाइ छ ।

यातायात कार्यालय मार्फत ट्रक धनीको पहिचान गरेर चालकको खोजीकार्य भइरहेको उहाँले बताउँनुभयो।

ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर काठमाडौँतिर आँउदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो ।

ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको प्रहरीले जनाएको छ।