काठमाडौँ, असोज १ :

संबैधानिक परिषदको बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा संबैधानिक निकायहरुको नियुक्तिका विषयमा छलफल हुनेछ ।

अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सबै निकायहरुमा एकैपटक नियुक्ति सिफारिस गर्ने प्रस्ताव गरेपछि बैठक निष्कर्षबिना सकिएको थियो ।

आज प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्ने जनाइएको छ।