काठमाण्डौँ , असोज २ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ।

दुई दिन चल्ने भेलाको उद्‌घाटन आज बिहान ११ बजे  काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ। 

भेलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन, पार्टीका निकायका प्रतिवेदनलगायत दस्तावेज पेश हुने रास्वपाले जनाएको छ।

यो भेलाले पार्टीको पहिलो महाधिवेशनको मिति समेत तय गर्ने छ।