
विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइदै छ।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कालिगढले कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाउने गर्दछन् ।
बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ ।
दाङको घोराही उपमहानगरपालिका- १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसरमा रहेको विश्वकर्मा बाबाको मन्दिरमा बिहानैदेखि सवारी साधनको पूजा गर्ने सर्वसाधारणको घुइँचो लागको छ ।
त्यस्तै, काठमाडौँ गोङ्गबुस्थित नयाँ बसपार्कमा विश्वकर्मा पूजाका दिन आज आफ्ना सवारीलाई पूजा गर्दै गरेको देख्न सकिन्छ ।
विश्वकर्मा पूजाको दिन तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित राधा माध्यमिक विद्यालयको बस पूजा गरिँदै।
नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रमा आज विश्वकर्मा बाबाको मन्दिरमा पूजा गर्दै पण्डित ।