काठमाडौं, भदौ २३ :

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको  नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

मृतकको परिचय खुल्न बाँकी छ । प्रदर्शनका क्रममा करिब ८० भन्दा बढी घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।