
काठमाण्डौँ , असोज २ :
उपसभामुख इन्दिरा राना आज संयुक्त अरब इमिरेट्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ ।
यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’ मा सहभागी हुने सिलसिलामा उपसभामुख राना त्यसतर्फ जानुभएको हो ।
त्यहाँबाट उहाँ राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ ।
रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ ।
उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।