
प्रतीकात्मक तस्बिर ।
ललितपुर, भदौ २५ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा एक जनाको शव जलेको अवस्थामा फेला परेको छ।
प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेका थिए। आगलागीपछि घरमा खोजतलास गर्ने क्रममा एक पुरुषको जलेको शव भेटिएको ललितपुरका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार मृतकको पहिचान अझै हुन बाँकी छ र घटनास्थलको अनुसन्धान जारी छ।