काठमाण्डौँ , असोज ३ :

सर्वमान्य नेता गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा आज उहाँको सालिकमा माल्यार्पण गरिएको छ ।

काठमाडौँ महानगरपालिका- १५ स्थित शोभा भगवतीमा गणेशमान सिहं फाउन्डेसनले आज आयोजना गरेको कार्यक्रममा स्व. सिहको सालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गणेशमानले देशप्रति गरेको योगदानको चर्चा गर्नुभयो ।