
काठमाण्डौं, असोज ४ :


संविधान दिवसको अवसरमा आज विशेष समारोहको आयोजना गरियो ।
सैनिकमञ्च टुँडिखेलमा आयोजित संविधान दिवसको मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।