काठमाण्डौँ , असोज ५ :

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । 

आज सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५७ हजार एक सय पुगेको छ । 

यस्तै चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आज एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।