काठमाण्डौं, असोज ६ :

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अन्तिम दिन शनिबार हनुमानढोका दरबार क्षेत्र वसन्तपुर पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको छ ।

साथै राष्ट्रपति पौडेलले सो अवसरमा श्रीगणेश, श्रीकुमारी र श्री भैरवको दर्शन गर्नुभयो  ।