काठमाडौं, कात्तिक १४ :
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको बैठकले फागुन २१ मा तोकिएको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने धारणा सर्वसम्मत रूपमा अगाडि सारेको हो।
बैठकले आगामी पुस १६ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्ने निर्णय गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यतालिका तयार गरी शुक्रबारकै बैठकमा पेस गर्ने जिम्मा दिइएको छ।
कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे लगायतका नेताहरू उपस्थित थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
प्रचण्डको उद्घोष : गगन थापालाई देशको नेतृत्व गर्ने अवसर आउँदैछ
पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता रूपान्तरणसहित देश निर्माणमा अघि बढ्नुपर्छ : आरेन राई