काठमाण्डौँ , असोज ७ :

पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ ।

साइबर अपराधसम्बन्धी उजुरीमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आज भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । 

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको ब्युरोले जनाएको छ ।

प्रसाईं विरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएको र सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरि अदालतमा उपस्थित गरिएको प्रहरीले जनाएको छ ।