गण्डकी, असोज ७ :

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताउनुभयो । 

उनलाई भोलि अदालतमा पेस गरिनेछ ।