काठमाडौं, कात्तिक २८ :

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। खल्ती मोबाइल वालेटमार्फत टिकट काट्ने सुविधा दिइएको थियो । मंसिर १ का लागि उपलब्ध सबै टिकट सोल्ड आउट भएको आयोजकले जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनका सबै टिकट बिक्री भएको पुष्टि गरे। खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले पनि शुक्रबार दिउँसोसम्म प्रिमियम र साधारण दुवै क्याटेगोरीका टिकट सकिएको बताए।

उनका अनुसार यसपटक टिकट बिक्री गत सिजनको तुलनामा केही ढिलो भए पनि दर्शकको उत्साह उस्तै रहेको देखिएको छ। यसपटक कीर्तिपुर मैदानलाई अझ व्यवस्थित र सुन्दर बनाइएको छ ।