काठमाडौँ, असोज ८ :

दशैँ तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति यातायात विभाग, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाबीच भोलि मंगलबार छलफल गरी तोकिने भएको छ ।  

सक्रियन्यूज डट कमसँगको अन्तर्वार्तामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भोलि बैठक बसी टुंगो लगाउने जानकारी दिनुभएको हो । 

चाडपर्व लक्षित अग्रिम बुकिङका लागि सरोकारवालाहरुबीच पटक पटक छलफल भएको थियो ।

यसकक्रममा गत शनिबार पनि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा व्यसायी र अन्य सरोकारवालाबीच यस बिषयमा छलफल भएको थियो ।

गत बर्षहरुमा अग्रिम बुकिङ खुलाउने काम अलि छिटो भएपनि यसपटक विभिन्न कारणले केही ढिला भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षको भनाइ छ ।

छलफलमा जतिपनि राजमार्ग वा सडकका खाल्डा खुल्डीहरु पुर्ने,यातायात विभागले अनुगमन गर्ने र संघसंस्थाको कार्यविधि बनाएर लागु गर्ने विषयमा निर्णयहरु भएको थियो ।