सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

पोखरा विमानस्थलमा अनियमितता : ५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा

८ अर्ब ३६ करोड बिगो दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
पोखरा विमानस्थलमा अनियमितता : ५ पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा
काठमाडौं, मंसिर २१ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री रामशरण महतसहित पाँचजना पूर्वमन्त्री र १० जना पूर्वसचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले व्यक्ति तथा कम्पनी गरी कुल ५६ जनालाई प्रतिवादी बनाएको छ ।

प्रतिवादी बनाइएका पूर्वमन्त्रीहरूमा रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ, भीम आचार्य र स्वर्गीय पोस्टबहादुर बोगटी रहेका छन्। बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादीको रूपमा राखिएको अख्तियार स्रोतले जनाएको छ।

यस्तै, पूर्वसचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा लगायतका उच्च पदस्थ अधिकारीसमेत प्रतिवादीमा परेका छन्। आयोगका अनुसार कुल ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गरिएको छ।

विमानस्थल निर्माणका क्रममा भएको अनियमितता, मनपरी खर्च, ठेक्का प्रक्रियामा भएको उल्लंघनलगायतका विषयमा गरिएको अनुसन्धानपछि मुद्दा दायर गर्ने निष्कर्षमा आयोग पुगेको हो। विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया पूरा भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार