
काठमाडौं, पुस ८ :
नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण लगायतका काम हुने अवस्था नदेखिएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कुनै पनि बहानामा महाधिवेशनको मिति सार्न नहुने बताउँदै आएका छन् ।
महामन्त्रीद्वयले पुस २६ मा वडा अधिवेशन गर्नुपर्ने बताइरहँदा संस्थापन पक्ष भने आगामी माघ २ मा वडा अधिवेशन गर्नुपर्ने पक्षमा छन्। कांग्रेसमा महाधिवेशनको अन्यौलता अझै कायमै रहेको छ ।