काठमाण्डौँ , असोज १२ :

लगातार परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ।

खराब मौसमका कारण आज धेरैजसो आन्तरिक उडान हुन सकेका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएपनि बाँकी विमानस्थलमा उडान हुन नसकेको जानकारी दिनुभयो। 

पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने मौसम खुलेमा दिउँसोसम्म अन्य विमानस्थलमा पनि उडान हुन सक्ने उहाँले बताउनुभयो।