काभ्रे, असोज १२ :

बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका- ७ चार सय बेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

विरल वर्षासँगै आएको लेदो सहितको पहिरोले आज बिहान सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । 

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लेदो आउनेक्रम जारी रहेकाले सवारी साधन नियमित रुपमा सञ्चालन गर्न र सहजिकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।