चितवन, असोज १२ :

अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ- मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो।

उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो।

अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो।