असोज १३ :

गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।

 मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गर्नुभएको छ ।

 बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुनेछ ।