
अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ ।
११ जना बेपत्ता भएका छन् ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाण्डौं,भक्तपुर र ललितपुरमा गरी २१ जनाको मृत्यु भएको छ ।
काठमाडौँमा ९ ललितपुरमा ९ र काभ्रेपलाञ्चोक र भक्तपुरमा ३–३, पाँचथर र धनकुटामा २ -२, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १ हजार ९ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ ।
११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ ।
सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टिङ बोट परिचालन गरेको छ ।
सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।