काठमाण्डौं, असोज १३ :
इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये ३ जनाको शव भेटिएको छ ।
उनीहरुको सनाखत हुन बाँकी रहेको समाचार छ ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेपछि उनीहरु सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएको बताईएको छ ।
यसैबीच इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् ।