काठमाण्डौँ , असोज १३ :

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिले सम्म ४९ जनाको मृत्यु भएको छ । 

त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । 

उहाँले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो ।  

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिले सम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । 

सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

फोटोः तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी ।