काठमाण्डौं, असोज १३ :

दोलखा सदरमुकाम चरिकोटको सिमपानीमा अविरल बर्षाका कारण घर भत्किदा  तीन जनाको मृत्यु भएको छ ।

३ बर्षिय बालकको उद्धार गरिएको छ । 

सिमपानी टोलको भुजेलको घर भत्किदा ३६ बर्षिय राजकुमार भुजेल ,३६ बर्षिय राधिका भुजेल,१५ बर्षिय सुजन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३ बर्षिय बालक युवराज भुजेलको उपचारको लागि  धुलिखेल अस्पताल पठाईएको छ।

त्यसै गरि दोलखाको बिगु गाउपालिका १ लामनबर स्थित  कन्टोल भवन पहिरोले पुरिदा दुई जना नेपाली सेना र दुई अपर तामाकोसीका कर्मचारी सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।